आन्दोलन स्थगित गरेर घर र्फकन शिक्षकलाई सभापति थापाको सुझाव

spot_img

काठमाडौं, २५ फागुन । विद्यालय शिक्षा विधेयक पारित गर्न माग राख्दै आन्दोलनरत शिक्षकहरूलाई प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले आन्दोलन नगर्न आग्रह गरेका छन् ।

शनिबार देशभरबाट काठमाडौं भेला भएका शिक्षकहरूलाई सम्बोधन गर्दै सभापति थापाले शिक्षकहरूको उठाएका भन्दा बढी माग पूरा हुने भन्दै शान्तिपूर्ण रूपमा घर फर्किन सुझाव दिएका हुन् ।

“आन्दोलन नगरेर खुरुक्क घर गए हुन्छ। शिक्षकले उठाएको माग मात्र होइन, सम्झौताभन्दा बढी माग पूरा हुन्छ। बरु आन्दोलन गरे गडबड हुन सक्छ,” थापाले भने ।

उनले देशभरका सातै प्रदेशबाट प्राप्त प्रतिवेदन र विधेयकमा परेका संशोधनलाई समेटेर विधेयक पारित गरिने जानकारी दिए ।

थापाले शिक्षा ऐन शिक्षकमात्र नभई विद्यार्थीको भविष्य सुनिश्चित गर्ने गरी निर्माण गरिनुपर्ने भन्दै शिक्षकहरूलाई जिम्मेवार बन्न आग्रह गरे ।

हाल शिक्षा विधेयक समितिमा दफावार छलफलको चरणमा रहेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय