आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

नर्सिङ क्याम्पसको मतगणना पुनः...

वीरगन्ज, ०९ चैत । वीरगन्ज नर्सिङ क्याम्पसको स्थगित मतगणना आज पूरा भएको छ...

कलैया उपमहानगरपालिकाले एक करोडको...

बारा,०९ चैत । कलैया उपमहानगरपालिकाले अर्थ मन्त्रालयको निर्देशनलाई लत्याउँदै नगर प्रमुखका लागि एक...

बागमती प्रदेशको शानदार प्रदर्शन,...

दाङ,०९ चैत । १७ ओभरको खेल चलिरहँदा ८३ रनमा ४ विकेट गुमाएर खेलिरहेका...

महोत्तरीमा पोखरीमा डुबेर बालकको...

महोत्तरी,०९ चैत । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा शनिबार एक दुःखद घटना भएको छ।...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

हात्तीको आक्रमणमा वृद्धाको मृत्यु, आक्रोशित स्थानीयद्वारा अवरुद्ध राजमार्ग खुल्याे

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैं, २९ फागुन । बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए। ठाकुरबाबा नगरपालिका–२ बलातीका ७१ वर्षीय बोलीराम थारुको गए राति हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो।

- Advertisement -

घटनापछि मानव–वन्यजन्तु द्वन्द्वको दिगो समाधानको माग गर्दै स्थानीयले भुरिगाउँ-चिसापानी सडकखण्डअन्तर्गत बलाती क्षेत्रमा राजमार्ग अवरुद्ध गरेका थिए। राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन रोकिएका थिए।

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको थियो। प्रहरीको पहलपछि मध्याह्न १२ बजे राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालय बर्दियाका इन्स्पेक्टर एवम् निमित्त सूचना अधिकारी कृष्णा डाँगीले जानकारी दिए ।

राजमार्ग खुल्नासाथ रोकिएका यातायात पुनः सञ्चालनमा आएका छन् । स्थानीयवासीले वन्यजन्तु आक्रमणबाट हुने क्षति रोक्नका लागि दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गरेका छन् ।

ताजा समाचार

spot_img

थप समाचार