spot_img

नयाँ वर्षको अवसरमा दीपक बज्राचार्य एन्ड द रिदम ब्याण्ड वीरगंजमा प्रस्तुति दिने

spot_img
spot_img

वीरगंज, ६ चैत – नयाँ वर्षको अवसरमा वीरगंजमा आयोजना हुन लागेको ‘न्यु इयर इभ कन्सर्ट’ मा लोकप्रिय गायक दीपक बज्राचार्यले ‘रिदम ब्याण्ड’ सहित प्रस्तुति दिने भएका छन्। ब्लेन्डिङ इभेन्ट्स नेपालले आयोजना गर्न लागेको उक्त कन्सर्ट वीरगंजस्थित होटल भिस्वामा सम्पन्न हुने आयोजक संस्थाका प्रमुख अभय कर्णले जानकारी दिए।

नेपालको पप सङ्गीत क्षेत्रमा चर्चित गायक बज्राचार्य पहिलो पटक वीरगंजमा प्रस्तुति दिन आउने तय भएको कर्णले बताए। कन्सर्टमा उनीसँगै थारु गायिका अनु चौधरी, मैथिली ¥यापर मनिया, काठमाडौंकी चर्चित महिला डिजे नाना तथा वीरगंजका स्थानीय कलाकारहरूले पनि प्रस्तुति दिनेछन्।

बज्राचार्यका ‘वो अमिरा’, ‘कालिकाली हाँसि परेकी’, ‘मायाको डोरीले’ लगायतका गीतहरू नेपाली सङ्गीतप्रेमीहरू माझ अत्यन्त लोकप्रिय छन्।

आयोजकका अनुसार कन्सर्टमा करिब चार हजार भन्दा बढी दर्शकको उपस्थिती रहने अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागिताका लागि टिकट बिक्री खुला गरिएको छ। विद्यार्थीका लागि रु ५००, अन्यका लागि रु १००० तथा रु २५०० दरका टिकटहरू अनलाइन वालेट ‘खल्ती’ मार्फत उपलब्ध छन्। साथै, दर्शकहरूको सुविधाका लागि केही दिनभित्र टिकट काउन्टरको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय