Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025
Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025

शिक्षकको जायज मागप्रति सरकार...

काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज...

सिंहदरबारमा अब बोतल र...

काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल...

अब जुत्ता, चप्पल र...

काठमाडौं,१० वैशाख । अब बजारमा पाइने जुत्ता, चप्पल तथा औषधी र मेडिकल सामग्रीमा...

काठमाडौं महानगरको राजस्व ७...

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
31.1 C
Birgunj
spot_imgspot_imgspot_img

बीरगन्जमा ‘न्यु इयर इभ कन्सर्ट’मा दीपक बज्राचार्यको रिदम ब्याण्डको विशेष प्रस्तुति

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०८ चैत । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा बीरगन्जमा आयोजना हुने ‘न्यु इयर इभ कन्सर्ट’को सम्पूर्ण तयारी पूरा भएको छ। ब्लेन्डिङ इभेन्ट्स नेपाल र परिवर्तन इभेन्ट हाउसको सहकार्यमा आयोजना हुने यो भव्य कार्यक्रम २०८१ साल चैत्र ३१ गते होटल भिस्वा बीरगन्जमा हुनेछ।

- Advertisement -

कार्यक्रमका प्रमुख आकर्षणमा चर्चित गायक दीपक बज्राचार्य र उनको ‘रिदम ब्याण्ड’को विशेष प्रस्तुति हुनेछ, जुन बीरगन्जमा पहिलो पटक प्रस्तुत गरिने हो।

यसका अतिरिक्त थारु गायिका अनु चौधरी, मैथिली र्‍यापर मनिया, काठमाडौंकी चर्चित महिला डिजे नाना र वीरगञ्जका स्थानीय कलाकारहरूको पनि विशेष प्रस्तुति रहनेछ। कार्यक्रममा चार हजारभन्दा बढी दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ।

- Advertisement -

कार्यक्रमको लागि विद्यार्थीहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। कार्यक्रमको कुल खर्च अनुमानित ३८ लाख ४० हजार रुपैयाँ रहेको छ। मुख्य प्रायोजकको रूपमा प्लाटिनम, सिल्भर र सपोर्टेड बाइका अवसरहरू खुला रहेका छन्। प्रायोजकहरूले मञ्च, स्क्रीन, होर्डिङ बोर्ड र डिजिटल मिडियामा ब्रान्ड प्रदर्शनीको फाइदा उठाउन सक्नेछन्।

कार्यक्रमका टिकटहरू विद्यार्थीहरूको लागि ५०० रुपैयाँ, साधारण टिकट १००० रुपैयाँ र प्रिमियम टिकट २५०० रुपैयाँमा उपलब्ध हुनेछ। नयाँ वर्षको अवसरमा आकर्षक छुटको व्यवस्था पनि गरिएको छ। टिकटहरू अनलाइन वालेटमार्फत खरिद गर्न सकिनेछ, साथै बीरगन्जका विभिन्न स्थानहरूमा टिकट काउन्टरहरू खोलिनेछन्।

ब्लेन्डिङ इभेन्ट्स नेपालले सम्पूर्ण दर्शक, मिडिया र प्रायोजकहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गर्दै कार्यक्रमको सफलता र समर्थनको लागि सबैको साथको अपेक्षा गरेको छ।

ताजा समाचार

spot_img

थप समाचार