एपीएफले गण्डकीलाई दियो २५९ को विजयी लक्ष्य

spot_img

काठमाडौं,१० चेत । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा विभागीय टिम एपीएफले गण्डकी प्रदेशलाई २५९ रनको लक्ष्य प्रस्तुत गरेको छ । भैरहवास्थित, एक्स्ट्राटेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ४९.२ ओभरमा २५८ रन बनाउँदै अलआउट भएको हो ।​​​​​

पीएफका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ८० रन बनाए । उनले ७४ बलमा १० चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर लोकेश बमले ४६ रन बनाए । दिपक बोहोराले ११, सुमित महर्जनले ३१, भुवन कार्कीले १५, अमर रौतेलाले २४ र कमल सिंह ऐरीले २५ रन बनाए । अन्य ब्याटरको ब्याटबाट दोहोरो अंकको रन जोडिएन ।

गण्डकीका लागि बलिङमा सन्दीप पराजुली र सुदिप अर्यालले समान ३–३ विकेट लिए । कमल परियारले २ र चन्द्र पौडेलले १ विकेट लिए । गण्डकीको यो आठौं खेल हो भने एपीएफको यो सातौं खेल हो । गण्डकी सात खेलमा १ जित मात्रै निकालेको छ । एपीएफले भने ६ खेलमा ४ जित र २ हारसहित ८ अंक बटुलेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय