Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

प्रमाण नभेटिएको भन्दै बन्द गरियो सुशान्त सिंह राजपूतको केस

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १० चैत । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा ४ वर्ष ६ महिना १५ दिनपछि भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले अन्तिम क्लोजर रिपोर्ट दायर गरेको छ। सीबीआईले आफ्नो प्रतिवेदनमा सुशान्तलाई आत्महत्या गर्न बाध्य बनाएको कुनै प्रमाण फेला नपरेको निष्कर्ष निकालेको छ।

सुशान्त २०२० जुन १४ मा मुम्बईको बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा मृत फेला परेका थिए। उनको निधनपछि सामाजिक सञ्जालदेखि मिडियासम्म ठूलो बहस चलेको थियो। जनस्तरबाट उठेको चर्को आवाज र विपक्षी दलहरूको दबाबपछि भारत सरकारको निर्देशनमा सीबीआईले यो केस हातमा लिएको थियो।

तर, लामो अनुसन्धानपछि सीबीआईले सुशान्तको मृत्यु आत्महत्याकै कारण भएको निष्कर्ष निकाल्दै थप अनुसन्धान आवश्यक नभएको बताएको छ। यससँगै चार वर्षभन्दा लामो समय चलेको यो केस कानुनी रूपमा बन्द गरिएको छ।

यस घटनामा सुशान्तकी प्रेमिका रिया चक्रवर्ती मुख्य अभियुक्तको रूपमा हेरिएकी थिइन्। उनलाई मनी लान्ड्रिङ र ड्रग्स मामिलामा संलग्न भएको आरोप लागेपछि २७ दिन जेलमा राखिएको थियो। तर, सीबीआईको प्रतिवेदनपछि रियाका वकिल सतीश मानेशिन्देले बयान जारी गर्दै ‘यो मुद्दालाई राजनीतिकरण गरेर झूटा कथा फैलाइएको’ आरोप लगाए।

सुशान्तका पिता केके सिंहले रिया चक्रवर्तीविरुद्ध आत्महत्या गर्न दुरुत्साहन, ठगी, मानसिक उत्पीडन र आर्थिक हिनामिना गरेको आरोप लगाउँदै उजुरी दिएका थिए। तर, प्रमाणको अभावमा मुद्दा टुंगिएको छ।

यस घटनालाई थप रहस्यमय बनाउने अर्को घटना थियो— सुशान्तकी म्यानेजर दिशा सालियनको मृत्यु। दिशा २०२० जुन ८ मा मुम्बईको मलाडस्थित एक भवनको १४औं तलाबाट खसेर ज्यान गुमाएकी थिइन्। यी दुई घटनालाई जोडेर विभिन्न षड्यन्त्र सिद्धान्तहरू समेत अघि सारिएका थिए।

अब, सीबीआईले दिएको अन्तिम निष्कर्षपछि यो प्रकरण कानुनी रूपमा टुंगिएको मानिए पनि उनका प्रशंसकहरूले अझै सत्य बाहिर आउनुपर्ने माग गरिरहेका छन्।

ताजा समाचार

थप समाचार