जनकपुर-भिठ्ठामोड सडकमा बस र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते

spot_img

जनकपुर,११ चैत । जनकपुर-भिठ्ठामोड सडकखण्डको नन्दनी डेरी नजिकै मोटरसाइकल र बस एकआपसमा ठोक्किँदा गम्भीर दुर्घटना भएको छ । मधेस प्रदेश-०२-००५ प ९५९२ नम्बरको मोटरसाइकल र ना ४ ख ५८२२ नम्बरको बस आपसमा ठोक्किएपछि मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

प्रत्यक्षदर्शीका अनुसार बसको गति तीव्र रहेको र मोटरसाइकल अचानक अगाडि परेपछि दुर्घटना भएको हो। स्थानीय तथा प्रहरीको सहयोगमा घाइतेलाई तत्काल अस्पताल पठाइएको छ।

यस घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइसकेको छ। स्थानीयहरूले सो क्षेत्रमा सवारी साधनहरूको गति नियन्त्रण गर्नुपर्ने माग गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय