काठमाडौं, ११ चैत । नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुवकुमार उप्रेतीलाई भ्रष्टाचार मुद्दामा अदालतबाट कैद सजाय सुनाइएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंको बनस्थलीबाट पक्राउ गरेको छ। ६५ वर्षीय उप्रेतीको हिजो पक्राउ परेका हुन् ।
उप्रेतीविरुद्ध गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप थियो, जसको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीमाथि अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानमा उप्रेतीले २ करोडभन्दा बढीको भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।
सर्वोच्च अदालतले गत मंसिर १२ गते उप्रेतीलाई २ करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय सुनाएको थियो। उप्रेतीलाई हाल डिल्लीबजार कारागारमा पठाइएको प्रहरीले जानकारी दिएको छ।




