बागमतीद्धारा कर्णाली नौ विकेटले पराजित

spot_img

:
घोराही, ११ चैत्र । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशलाई नौ विकेटको सहज जितमा हरायो। लमहीमा भएको खेलमा कर्णालीले दिएको ५९ रनको लक्ष्य बागमतीले सातौँ ओभरमा एक विकेट गुमाएर पुरा गर्‍यो ।

बागमतीको जीतमा इशान पाण्डेले २२ रन, आशुतोष घिरैयाले १९ रन र शुभ कंसाकारले १६ रन बनाए। कर्णालीका लागि दीपेन्द्र रावतले एक विकेट हात पारे ।

कर्णालीले पहिले ब्याटिङ गर्दै ५८ रन बनायो, जसमा सुनिल धमलाले १५ रन बनाए, जबकि अन्य ब्याट्सम्यानहरू दोहोरो अंकमा पनि पुग्न सकेनन्। बागमतीका रिजन ढकालले ५.१ ओभरमा १९ रन खर्चेर पाँच विकेट लिएका भने सूर्य तामाङले १७ रन खर्चेर चार विकेट लिए ।

यस प्रतियोगितामा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा सात प्रदेश टोली सहभागी छन्, जसमा विभागीय टोली आर्मी क्लब, एपिएफ क्लब र नेपाल पुलिस क्लब पनि समावेश छन्। प्रतियोगिता चैत १६ गतेसम्म जारी रहनेछ ।

spot_img

ताजा अपडेट

लोकप्रिय