बीरगन्ज, १३ चैत्र । बीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा रोकिएको स्ववियु निर्वाचनको मतगणना पुनः सुरु भएको छ ।
चैत ५ गते मतदान सम्पन्न भएको २४ घण्टापछि मतपेटिकाको नम्बर नमिलेपछि विवाद उठेपछि मतगणना रोकिएको थियो । तर, जिल्ला प्रशासन कार्यालय पर्सामा भएको बैठकपछि आज दिउँसो १ बजेबाट गणना सुरु गर्ने सहमति पछि गणना सुरु भएको हो । मत गणना सुरु भएपछि क्याम्पसभित्र प्रवेशमा कडाई गरिएको छ ।
मतगणा रोकिएपछि कयाम्पसमा अध्ययनरत अनेरास्ववियुका तर्फबाट सभापतीको उममेदवार पवन यादव लगायतका समुहले ठाकुराम बहुमुखी क्याम्पस कार्यालयलाई विपक्षी बनाई उच्च अदालतमा निवेदन दिएका छ ।
साेहि क्रममा अस्थाई इजलास बीरगन्जका बरिष्ठ अधिबक्ता श्री दीपक राज भण्डारीले दुवै पक्षलाई अदालतमा १५ दिन भित्र उपस्थित हुने निर्णय गरी ठा.रा बमा पत्र पठाएको छ । तर अदालतको अवहेलना गर्दै पत्र लिएर आएका अदालतका कर्मचारीलाई प्रशासनिक पत्र बुझाउन नदिई गेटमै रोकिएको जानकारी नेपाल पोष्टले प्राप्त गरेको छ । सुरक्षामा खटिएका प्रहरीको हस्तक्षेपपछि केहीबेर तनावको अवस्था सिर्जना भएको बताईएको छ ।
स्रोतका अनुसार, अदालतका कर्मचारीहरू कानुनी पत्र बुझाउन क्याम्पस प्रशासन आएका थिए । तर, सुरक्षामा खटिएका प्रहरीहरू उनीहरूलाई गेटमै रोक्दै पत्र बुझाउने कार्य अघि बढ्न नदिएको बताईएको छ ।
यस घटनाले क्याम्पस प्रशासन र सुरक्षाकर्मीहरूको भूमिकामाथि प्रश्न उठाएको छ । अदालतकाे पत्र बुझाउन रोकिएको कारण बारे बुझन खोज्दा क्याम्पस प्रशासन सम्पर्कमा आउँन चाहेन् । यस बिषयमा सम्बन्धित निकायकाे स्पष्ट प्रतिक्रिया आएको छैन् । अदालत स्रोतले दिएको जानकारी अनुसार दुबै पक्षलाई आदलतमा सबुद प्रमाण सहित चैत १४ गते आदलतमा उपस्थित हुन आदेश गरिएको छ । अदालतको पत्र नै बुझन क्याम्पस प्रशासनले आनाकानी गरेपछि निर्वाच रदको माग गर्दै आएको १० बिधार्थी संगठनहरुले एक बिज्ञप्ती प्रकाशित गरी घटनाको निन्दा गर्नुसाथै उत्पन्न परिस्थितीको जिम्मेवार क्याम्पस प्रशासन हुने चेतावनी दिएको छ ।



