काठमाडौं,०५ असार । बजारमा सुकेको प्याजको मूल्य फेरि बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शुक्रबार प्याजको थोक मूल्यमा सामान्य वृद्धि देखिएको हो।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति का तथ्यांकअनुसार आज प्याज प्रतिकिलो औसत ४९ रुपैयाँमा कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा करिब ४ रुपैयाँले बढी हो।
बिहीबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ४७ रुपैयाँसम्म (औसत ४५ रुपैयाँ) मा बिक्री भएको थियो। तर शुक्रबार भने न्यूनतम ४८ रुपैयाँदेखि अधिकतम ५० रुपैयाँसम्म पुगेको छ।
व्यवसायीहरूका अनुसार प्याजको मूल्य आपूर्ति र मागका आधारमा सामान्य उतारचढाव हुने गर्छ। यद्यपि हालको वृद्धि सीमित भए पनि बजारमा मूल्य क्रमशः उकालो लाग्ने संकेत देखिएको छ।
प्याज दैनिक उपभोग्य वस्तु भएकाले मूल्य परिवर्तनले उपभोक्ताको खर्चमा प्रत्यक्ष असर पर्ने देखिन्छ।




