एपीएफले कोसी प्रदेशलाई हराएर प्रधानमन्त्री कपमा तेस्रो स्थान जित्यो

spot_img

काठमाडौं,१३ चैत । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफले कोसी प्रदेशलाई पराजित गरेको छ ।

बुधबार रूपन्देहीको सिद्धार्थ रंगशालामा भएको खेलमा एपीएफले कोसी प्रदेशलाई दुई विकेटले पराजित गरेको हो । यससँगै एपीएफले तेस्रो स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको छ । २५५ रनको लक्ष्य एपीएफले ४४.४ ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो ।

एपीएफका लागि लोकेश बमले सर्वाधिक ८४ रन बनाए । कप्तान रोहित पौडेलले ६१ रन बनाए । त्यसअघि पहिले व्याटिङ गरेको कोसीले ५० ओभर खेल्दै २५४ रन बनाएको थियो । कोसीका लागि शाकिव हकले सर्वाधिक ६८ रन बनाएका थिए ।

नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पीएम कपको फाइनल खेल्ने पक्का भएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय