कुलमान हटाउने सरकारको निर्णयविरूद्ध माइतीघरमा राप्रपाको प्रदर्शन

spot_img

काठमाडौं, १४ चैत्र । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

बिहीबार आयोजित प्रदर्शनमा राप्रपाका नेता र कार्यकर्ताले सरकारको निर्णयको विरोध गर्दै विभिन्न नारा लगाए। उनीहरूले ‘लोडसेडिङ चाँहिदैन, कुलमान हटाउँन पाइदैन’, ‘मन्त्रिपरिषद्‌को निरंकुश र भ्रष्ट निर्णय खारेज गर’, ‘अवस्था बदल्न व्यवस्था बदलौं’, ‘कुलमान घिसिङ हामी तिम्रो साथमा छौं’ जस्ता नारा बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

राप्रपाले कुलमान घिसिङको हटाइने निर्णयविरुद्ध आफ्नो विरोध र समर्थन जारी राख्ने बताएका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय