पूर्वराजा ज्ञानेन्द्रको मानसिकता आपराधिक भएको पुष्टि : प्रचण्ड

spot_img

काठमाडौं, १६ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहको मानसिकता आपराधिक रहेको दाबी गर्दै सरकारलाई कडा कदम चाल्न सुझाव दिएका छन्।

शुक्रबार राजावादी समूहद्वारा तोडफोड गरिएको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयको स्थलगत निरीक्षणपछि समाजवादी मोर्चाको बैठकमा सहभागी भएका प्रचण्डले घटनाप्रति गम्भीर आपत्ति जनाउँदै सरकारले तुरुन्तै कडा कदम चाल्नुपर्ने बताएका हुन्।

“यो घटनाका पछाडि ज्ञानेन्द्र शाह नै छन् भन्ने स्पष्ट भइसकेको छ। इतिहासमै प्रमाणित भएको कुरा अहिले फेरि पुष्टि भएको छ। सरकार अब कडा कदम चालोस्,” प्रचण्डले सञ्चारकर्मीसँग भने।

उनले घटनाका बेला सुरक्षाकर्मीहरू समयमा नपुगेको भन्दै सरकार र प्रहरी प्रशासनको तयारीप्रति असन्तुष्टि जनाए। “राजधानीको मुटुमा यस्तो घटना हुँदा पनि करिब ४०-४५ मिनेटसम्म सुरक्षाकर्मी नदेखिनु सरकारको गम्भीर कमजोरी हो। यसबारे गहिरो समीक्षा गर्नुपर्छ,” उनले थपे।

प्रचण्डले अपराधीलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि उन्मुक्ति दिन नहुने बताए। “जनता यस्तो अपराध स्वीकार गर्नेवाला छैनन्। सरकार अझ गम्भीर बन्न जरुरी छ,” उनले चेतावनी दिए।

सरकारले अब यस्ता घटना दोहोरिन नदिन आवश्यक तयारी गर्नुपर्ने बताउँदै प्रचण्डले सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिए।

spot_img

ताजा अपडेट

लोकप्रिय