Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025
Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

एमाले अजम्बरी रहेको ...

काठमाडौं,२६ मंसिर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अझै रहेको र...

एमालेमा फर्किएका विश्वमणिसहित महाधिवेशन...

काठमाडौं,२७ मंसिर – नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन सुरु हुँदै गर्दा पार्टीले...

देउवा, प्रचण्ड, माधव र...

काठमाडौं,२७ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा नेपाल० का अध्यक्ष कमल थापा नेकपा...

रौतहट–१ मा रञ्जित पटेलको...

रौतहट, २६ मंसिर – रौतहट निर्वाचन क्षेत्र नं. १ यमुनामाई गाउँपालिका–१ जेठरहिया निवासी...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
16.1 C
Birgunj
spot_img

दुर्गा प्रसाईँ वीरगन्ज नाका हुँदै भारत भाग्न सक्ने प्रहरीको आशङ्का

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,१७ चैत । काठमाडौँको तीनकुनेमा शुक्रवार भएको हिंसात्मक राजावादी प्रदर्शनका मुख्य योजनाकार मानिएका दुर्गा प्रसाईँ फरार भएपछि प्रहरीले उनको खोजी तीव्र पारेको छ । प्रहरीले प्रसाईँ वीरगन्ज-रक्सौल नाका हुँदै भारत भाग्न सक्ने अनुमानका साथ पर्सा जिल्लाको सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

शुक्रवार काठमाडौँको तीनकुनेमा राजसंस्था पुनर्स्थापनाको माग राख्दै भएको हिंसात्मक प्रदर्शनका क्रममा प्रसाईँले भीडलाई उत्तेजित बनाउन आफैँ गाडी हाँकेर प्रहरीको सुरक्षा घेरा तोड्न खोजेका थिए । निषेधित क्षेत्रमा आन्दोलनकारीलाई उतार्ने र प्रहरीमाथि गाडी कुदाउन खोज्ने हरकत गरेपछि स्थिति अनियन्त्रित बनेको थियो ।

आगजनी र तोडफोडको घटनापछि प्रसाईँ कार्यक्रम स्थलबाट भागेका थिए । उनको अन्तिम लोकेसन कोटेश्वरबाट इमाडोलसम्म देखिएको प्रहरी स्रोतले जनाएको छ । त्यसयता उनको मोबाइल बन्द छ र उनी सम्पर्कविहीन छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार हिंसात्मक गतिविधिमा संलग्नलाई पक्राउ गर्न सिसिटिभी फुटेजको आधारमा अनुसन्धान भइरहेको छ । शनिवार दिउँसोसम्म कोटेश्वर, बालकुमारी र तीनकुने क्षेत्रबाट १२२ जनालाई नियन्त्रणमा लिइसकिएको छ । थप अनुसन्धानका लागि सादा पोसाकमा ७० जना प्रहरी परिचालन गरिएको छ भने प्रसाईँको खोजीमा काठमाडौँ, ललितपुर र भक्तपुरमा करिब डेढ सय प्रहरी खटाइएको छ ।

प्रहरीले प्रसाईँलाई पक्राउ गर्न नसकेपछि उनी भारततर्फ भाग्न सक्ने आशङ्का गरेको छ । नेपाल प्रहरीका प्रमुख, आइजिपी दीपक थापाले प्रसाईँलाई पक्राउ गर्न विशेष निर्देशन दिएका छन् । यसअघि गत फागुन २५ गते त्रिभुवन विमानस्थलमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने कार्यक्रममा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको पोस्टर प्रदर्शन गर्ने प्रदीप विक्रम राणा पनि वीरगन्ज-रक्सौल नाकाबाट भारत पुगेको घटनाले प्रहरीको आशङ्कालाई बल पुर्‍याएको छ ।

पर्सा प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले गृह मन्त्रालयको निर्देशनअनुसार सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले निगरानी बढाएको बताए । “हामीले वीरगन्ज-रक्सौल नाकासहित जिल्लाका सबै सीमा क्षेत्रमा सुरक्षा कडा बनाएका छौँ । कुनै पनि सन्दिग्ध गतिविधि रोक्न विशेष निगरानी राखिएको छ,” उनले भने ।

गृह मन्त्रालयले तीनकुनेको हिंसात्मक घटनाको मुख्य जिम्मेवारी दुर्गा प्रसाईँलाई दिएको छ । प्रदर्शनका क्रममा भीडलाई भड्काउने, प्रहरीमाथि आक्रमण गर्न उक्साउने र अराजकता फैलाउने काममा प्रसाईँको प्रत्यक्ष संलग्नता रहेको प्रहरीको ठहर छ । शुक्रवार राति नै राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालाई पक्राउ गरिएको थियो । तर मुख्य कमान्डर मानिएका प्रसाईँलाई पक्राउ गर्न प्रहरी अझै सफल भएको छैन ।

शुक्रवारको प्रदर्शन राजसंस्था पुनर्स्थापनाको मागसहित प्रसाईँको नेतृत्वमा आयोजना गरिएको थियो । तर, प्रदर्शन हिंसात्मक बन्दा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने आगजनीका क्रममा अर्का एक जनाको ज्यान गएको पुष्टि भएको छ ।

ताजा समाचार

थप समाचार