spot_img

हुलाकबाट महानगरले पठायो पूर्वराजालाई जरिवानाको पत्र

spot_img
spot_img

काठमाडौं, १७ चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाहले ७ लाख ९३ हजार रुपैयाँको जरिवानाको पत्र बुझ्न नमानेपछि नगर प्रहरी बलले हुलाकमार्फत पठाएको छ।

नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले भने, “जरिवानाको पत्र बुझ्ने टोलीलाई भित्र जान दिएन। त्यसपछि टोलीले हुलाकमार्फत पत्र पठाएको छ।”

महानगर प्रहरीका डीएसपी पूर्णचन्द्र भट्टको नेतृत्वमा आज बिहान पत्र बुझाउन टोली पूर्वराजा शाहको निवास पुगेको थियो।

महानगर प्रहरी प्रशासनले गत शुक्रबारको घटनामा पूर्वराजा शाहलाई ८ वटा पत्र लेख्दै ७ लाख ९३ हजार रुपैयाँको जरिवाना लगाएको जानकारी दिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय