spot_img

माकलबारीमा गाडिएको अवस्थामा युवकको शव फेला, ६ जना पक्राउ

spot_img
spot_img

काठमाडौं, १८ चैत्र । हराएको चार दिनपछि काठमाडौंको माकलबारीमा गाडिएको अवस्थामा एक युवकको शव फेला परेको छ। हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले भारत र नेपालका ६ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार हत्या आरोपमा पक्राउ परेकाहरुमा भारतको बिहार घर भई काठमाडौं दक्षिणढोका बस्ने २९ वर्षीय सुनिल शर्मा, सर्लाहीको चक्रघट्टा गाउँपालिका–1 का २२ वर्षीय निपु मण्डल, सोही गाउँपालिका–6 का १८ वर्षीय विजय यादव, १८ वर्षीय करन कुमार महतो, २३ वर्षीय जोधन मण्डल र ४५ वर्षीय उत्तम मण्डल रहेका छन्।

प्रहरीका अनुसार मृतक १९ वर्षीय राहुल साह सर्लाही चक्रघट्टा–8 का बासिन्दा हुन्, जो काठमाडौं गोकर्णेश्वरको बाहुनधारामा बस्दै आएका थिए। उनी चैत ११ गतेदेखि हराइरहेका थिए भने परिवारले बौद्ध प्रहरी वृत्तमा उजुरी दिएको थियो। खोजतलासको क्रममा उनको शव चैत १५ गते माकलबारीस्थित आरके मोटरसाइकल वर्कसपको पछाडिको जमिनमा गाडिएको अवस्थामा फेला परेको थियो।

शव फेला परेपछि प्रहरीले हत्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान अघि बढाएको थियो। प्रारम्भिक अनुसन्धानमा लेनदेन विवादकै कारण राहुलको हत्या गरिएको खुलेको एसपी बोहोराले बताए। हाल प्रहरीले घटनाका अन्य पक्षबारे थप अनुसन्धान गरिरहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय