spot_img

काठमाडौंमा सहकारी पीडितको प्रदर्शन

spot_img
spot_img

काठमाडौं, १८ चैत्र । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याजीबाट ठगिएका बचतकर्ताहरू काठमाडौंमा प्रदर्शनमा उत्रिएका छन्। माइतीघर मण्डलाबाट सुरु गरिएको प्रदर्शन बिजुलीबजारसम्म पुगेको थियो।

प्रदर्शनकारीहरूले ‘सहकारीमा बेथिति मच्चाउन पाइँदैन’, ‘वित्तीय माफियाहरू चाहिँदैन’, ‘जनपक्षीय मौद्रिक नीति कायम गर’ जस्ता नारा लगाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूले सहकारी तथा वित्तीय संस्थामा जम्मा गरेको रकमको ग्यारेन्टी हुनुपर्ने, साँवा र ब्याजसहित फिर्ता गरिनुपर्ने माग गरेका छन्।

प्रदर्शनकारीहरूले सरकार र नियामक निकायहरूलाई सहकारी क्षेत्रमा भइरहेको अनियमिततामाथि निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन्। साथै, पीडितहरूको बचत सुरक्षाका लागि प्रभावकारी नीति ल्याउनुपर्ने माग गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय