spot_img

त्रिवि क्याम्पसमा स्ववियु चुनाव सम्पन्न, ५० प्रतिशत मात्र मत खस्यो

spot_img
spot_img

काठमाडौं,१८ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ। बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म चलेको मतदानमा करिब ५० प्रतिशत मात्र मत खसेको छ।

निर्वाचन समितिका अनुसार, कुल ६,१४६ मतदातामध्ये ३,११८ जनाले मात्र मतदान गरेका छन्। अपेक्षाभन्दा कम मतदान भए पनि निर्वाचन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताइएको छ।

केहीबेरमा मतगणना सुरु हुने र नतिजा आजै आउने निर्वाचन समितिले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय