spot_img

आज प्रधानमन्त्री ओली थाइल्यान्ड जाँदै

spot_img
spot_img

काठमाडौं,१९ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आज (मंगलवार) थाइल्यान्डको औपचारिक भ्रमणमा प्रस्थान गर्दैछन्। ओली नेतृत्वको प्रतिनिधिमण्डल बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन थाइल्यान्ड जान लागेको हो। थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावातको निमन्त्रणामा नेपालका प्रधानमन्त्रीका लागि यो पहिलो औपचारिक भ्रमण हो।

प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा द्विपक्षीय वार्तामा पर्यटन, संस्कृति, र गैरसरकारी क्षेत्रको सहकार्यमा ६ वटा समझदारी पत्रमा हस्ताक्षर हुनेछन्। साथै, शिखर सम्मेलनको दौरान, ओली नेपालका प्राथमिकताहरू प्रस्तुत गर्नेछन् र मेरिटाइम ट्रान्स्पोर्ट कोअपरेशन एग्रिमेन्टमा पनि हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

भ्रमण टोलीमा प्रमुख सरकारी अधिकारीहरू र निजी क्षेत्रका प्रतिनिधिहरू समेत रहेका छन्। प्रधानमन्त्री ओलीको भ्रमण चैत २३ गते स्वदेश फर्किने तालिका छ।

spot_img

ताजा अपडेट

लोकप्रिय