Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025
Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025

शिक्षकको जायज मागप्रति सरकार...

काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज...

सिंहदरबारमा अब बोतल र...

काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल...

अब जुत्ता, चप्पल र...

काठमाडौं,१० वैशाख । अब बजारमा पाइने जुत्ता, चप्पल तथा औषधी र मेडिकल सामग्रीमा...

काठमाडौं महानगरको राजस्व ७...

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
31.1 C
Birgunj
spot_imgspot_imgspot_img

नेप्से १६.९५ अंकले घट्यो

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१९ चैत । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार (चैत १९)को कारोबारमा घटेको छ । सेयर बजार १६.९५ अंकले घटेको हो । योसँगै बजार मापक २६७७.१७ विन्दुमा कायम छ ।

- Advertisement -

यस दिन ४२ कम्पनीको सेयर मूल्य बढेको छ । २०१ कम्पनीको सेयर मूल्य घटेको छ । बजार घट्दा गार्डियन माइक्रो फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गार्डियनको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता दुई हजार ५७९ रुपैयाँ पुगेको छ ।

विशालबजार कम्पनी, राधी विद्युत् कम्पनी, सयपत्री हाइड्रो, एनआरएन इन्फ्रास्ट्रचर कम्पनी उच्च कमाउने शीर्ष स्थानमा रहे । गुराँस लघुवित्त, उपकार लघुवित्त, छ्याङ्दी हाइड्रो, दोर्दीखोला, राष्ट्रिय वाणिज्य बैंकको म्युचअल फन्ड उच्च गुमाउने शीर्ष स्थानमा परे ।

- Advertisement -

घट्दो बजारमा पाँच अर्ब ७९ करोड ७७ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड ६ लाख ७० हजार कित्ता सेयर ५६ हजार ५४८ पटकमा खरिद–बिक्री भएको नेप्सेले जनाएको छ ।

समूहगत उपसूचकतर्फ व्यापार क्षेत्र ३.८० प्रतिशतले बढ्यो । बाँकी समूह सूचक राताम्य देखिए । सबैभन्दा बढी फाइनान्स समूह १.८४ प्रतिशतले घटेको छ ।

ताजा समाचार

spot_img

थप समाचार