Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
14.5 C
Birgunj
spot_img

नेप्से १६.९५ अंकले घट्यो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१९ चैत । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार (चैत १९)को कारोबारमा घटेको छ । सेयर बजार १६.९५ अंकले घटेको हो । योसँगै बजार मापक २६७७.१७ विन्दुमा कायम छ ।

यस दिन ४२ कम्पनीको सेयर मूल्य बढेको छ । २०१ कम्पनीको सेयर मूल्य घटेको छ । बजार घट्दा गार्डियन माइक्रो फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गार्डियनको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता दुई हजार ५७९ रुपैयाँ पुगेको छ ।

विशालबजार कम्पनी, राधी विद्युत् कम्पनी, सयपत्री हाइड्रो, एनआरएन इन्फ्रास्ट्रचर कम्पनी उच्च कमाउने शीर्ष स्थानमा रहे । गुराँस लघुवित्त, उपकार लघुवित्त, छ्याङ्दी हाइड्रो, दोर्दीखोला, राष्ट्रिय वाणिज्य बैंकको म्युचअल फन्ड उच्च गुमाउने शीर्ष स्थानमा परे ।

घट्दो बजारमा पाँच अर्ब ७९ करोड ७७ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड ६ लाख ७० हजार कित्ता सेयर ५६ हजार ५४८ पटकमा खरिद–बिक्री भएको नेप्सेले जनाएको छ ।

समूहगत उपसूचकतर्फ व्यापार क्षेत्र ३.८० प्रतिशतले बढ्यो । बाँकी समूह सूचक राताम्य देखिए । सबैभन्दा बढी फाइनान्स समूह १.८४ प्रतिशतले घटेको छ ।

ताजा समाचार

थप समाचार