spot_img

पत्रकार रजकको पोस्टमार्टम रिपोर्ट जलेर मृत्यु भएको पुष्टि

spot_img
spot_img

काठमाडौं, २० चैत्र । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा आगजनीमा परेर निधन भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ।

त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका चिकित्सकहरूका अनुसार रजकको मृत्युको कारण पूर्ण रूपमा जलेर भएको पुष्टि भएको छ। चिकित्सकले बताएअनुसार उनको शरीरमा गोली लागेको कुनै प्रमाण भेटिएको छैन।

एक चिकित्सकले भने, ‘उहाँको शरीरमा गोली लागेको कुनै प्रमाण छैन। बाहिर जस्तो हल्ला भएको थियो, मारेर जलाइएको भन्ने कुरा पोस्टमार्टम रिपोर्टमा पुष्टि भएन। उहाँको श्वासप्रश्वास नलीमा धुँवाको मुस्लो देखियो, जसबाट आगो लाग्दा उहाँ जीवितै हुनुहुन्थ्यो भन्ने प्रमाणित हुन्छ।’

रजकको शवमा एक्स–रे गर्दा कुनै गोलीको चिन्ह नदेखिएको जानकारी दिइएको छ। सामाजिक सञ्जालमा पत्रकार रजकलाई गोली लागेको हल्ला फैलिएपछि चिकित्सकहरूले पोस्टमार्टम अघि एक्स-रे गर्न माग गरेका थिए। रिपोर्टले उनी गोलीबाट नभई आगलागीका कारण जलेर निधन भएको स्पष्ट पारेको छ।

पोस्टमार्टम प्रक्रियासँगै अहिले रजकको शव परिवारलाई बुझाउने तयारी भइरहेको छ। चिकित्सकका अनुसार उनका परिवारले छिट्टै शव लैजाने तयारी गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय