Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सीके राउत मधेश स्वायत्तताको...

जनकपुर,०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किएपछि एमाले बाहेक दलहरू अहिले...

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

नेपाली महिलाको बलिदान विश्व राजनीतिमै प्रेरणाको स्रोत : प्रचण्ड

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बाँक, २० चैत्र । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली महिलाले गरेको बलिदानीपूर्ण संघर्ष केवल नेपालको राजनीति मात्र होइन, विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको बताएका छन्।

बाँकेमा आयोजित अखिल नेपाल महिला संघ (क्रान्तिकारी) लुम्बिनी प्रदेशको दोस्रो सम्मेलन उद्घाटन गर्दै प्रचण्डले नेपाली महिलाको योगदानबिना राजनीतिक परिवर्तन सम्भव थिएन भन्दै उनीहरूको संघर्षलाई उच्च सम्मान गरे।

प्रचण्डले जनयुद्धका क्रममा महिलाको सहभागिता बढाउने उद्देश्यसहित नेतृत्वदायी भूमिकामा अघि सारिएको बताए। उनले भने, “महिलाहरू चुलो–चौकाबाट बाहिर निस्केर बन्दुक बोकेर लडेका कारण मात्र आजको राजनीतिक परिवर्तन सम्भव भएको हो।”

उनले जनमुक्ति सेनामा ४०% भन्दा बढी महिला रहेको स्मरण गर्दै महिला कमाण्डरहरूले नेतृत्व गरेका सबै लडाइँ जितिएको दाबी गरे। साथै, अहिले समाजवादी क्रान्तिको नेतृत्व लिन महिलाहरू पुनः अगाडि आउनुपर्ने बेला आएको बताए।

प्रचण्डका अनुसार महिलाहरूको संघर्षकै कारण संविधानमा ३३% महिला सहभागिता सुनिश्चित गर्न सम्भव भएको हो। उनले भने, “नेपालमा मात्र होइन, विश्वभर समानताका पक्षधर श्रमजीवी जनताका लागि यो संघर्ष उर्जाको स्रोत बनेको छ, जबकि सामन्तहरूका लागि हैकम गुमाउने चुनौतीको रूपमा देखिएको छ।”

जनयुद्धपछि महिला, जनजाति, किसान, मजदुर, दलित, मधेसी, मुस्लिम लगायत उत्पीडित वर्गको मुक्तिका लागि ऐतिहासिक सफलता प्राप्त भए पनि पछिल्लो आठ–दश वर्षमा पार्टीले आफ्ना वर्ग र समुदायसँगको सम्बन्ध कायम राख्न केही कमजोरी गरेको प्रचण्डले स्वीकारे।

उनले थपे, “यही कमजोरी महसुस गरेरै सरकारको नेतृत्व गर्दा रुपान्तरणको अभियान सुरु गर्यौं, जसले दलाल बिचौलियाहरू आतंकित भए।”

प्रचण्डले हालको सरकारले विद्युत् प्राधिकरण, त्रिभुवन विश्वविद्यालय, राष्ट्र बैंक लगायतका संस्थामा अनावश्यक हस्तक्षेप गरेको आरोप लगाए। “सरकारको जग नै गलत भएकाले यसले अझै बढी बेथिति निम्त्याउने खतरा छ। त्यसैले, हामी सरकारविरुद्ध खबरदारी अभियान थालेका छौं,” उनले भने।

उनले माओवादी नेतृत्वको सरकार दलाल र बिचौलियाहरूले कांग्रेस–एमालेका केही नेताहरूलाई प्रयोग गरी ढालेको दाबी गरे।

जनतासँग माओवादी अभियान पुनः सुरुप्रचण्डले केही समय स्थगित गरिएको ‘जनतासँग माओवादी’ र ‘तराई–मधेश जागरण अभियान’ पुनः सुरु भएको जानकारी दिए। अभियान लुम्बिनीबाट सुरु गरिएको भन्दै उनले जनयुद्धका क्रममा लुम्बिनीले केन्द्रीय आधार इलाकाको भूमिका खेलेको र यहाँका महिला क्रान्तिकारीहरूले ऐतिहासिक बलिदान गरेको उल्लेख गरे।

उनले अब माओवादी पार्टी आफ्नै वर्ग र समुदायमा फर्किने, आफ्नै एजेण्डाको बलमा अघि बढ्ने र एक्लै निर्वाचन लड्ने संकल्प गरेको स्पष्ट पारे।

ताजा समाचार

थप समाचार