एनसेलका एनएसएल अफरहरु

spot_img

काठमाडौं, २१ चैत्र । एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेलले दुई नयाँ अफर ल्याएको छ। यी अफरहरू अन्तर्गत, ग्राहकहरूले सधैं अन रिन्युअल प्याकहरूमा दोब्बर डेटा र साना डेटा प्याकहरूमा बोनस सेवाहरू प्राप्त गर्न सक्नेछन्। यी अफरहरू आजबाट लागू भएको हो र वैशाख १६ सम्म मान्य रहनेछन्।

एनएसएल डबल डेटा अफर अन्तर्गत, रु. ३९९ बाट सुरु हुने सधैं अन रिन्युअल प्याकहरूमा ग्राहकहरूले दोब्बर डेटा बोनस प्राप्त गर्नेछन्। उदाहरणका लागि, रु. ७९९ को मासिक सधैं अन रिन्युअल प्याक लिने ग्राहकहरूले ३० जीबी डेटा, अनलिमिटेड कल सुविधा, र ७९ वटा एसएमएस सेवाका अतिरिक्त ३० जीबी बोनस डेटा पनि पाउनेछन्।

यो अफर सबै सधैं अन रिन्युअल प्याकका प्रयोगकर्ताहरू र नयाँ ग्राहकहरूको लागि उपलब्ध छ। ग्राहकहरूले बोनस डेटा पहिले प्रयोग गरेपछि प्याकको बाँकी सेवाहरू अर्को महिनामा क्यारीओभर गर्न सक्नेछन्।

अर्को अफर भनेको एनएसएल फ्ल्यास सेल हो जुन एनसेल एपमा मात्र उपलब्ध छ। यस अफरमा, रु. ५० मा २४ घण्टा मान्य ५० अनलिमिटेड डेटा पाउने ग्राहकहरूले २० मिनेट एनसेलबाट अन्य एनसेल नम्बरमा कल गर्न सकिने टक टाइम बोनस पाउनेछन्। त्यस्तै, रु. १५० मा ७ जीबी डबल मजा प्याक किन्ने ग्राहकहरूले थप २ जीबी डेटा बोनस प्राप्त गर्नेछन्।

एनसेलले नेपालका पहिलो फ्रेन्चाइज आधारित व्यावसायिक फुटबल खेल एनएसएलको टाइटल स्पोन्सरको रूपमा यो सहकार्य गरेको छ र नेपाली फुटबलको विकासमा योगदान पुर्याउने उद्देश्य राखेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय