अप्रिलमा नेपालमा १ लाख ७ हजारभन्दा बढी विदेशी पर्यटक 

spot_img

काठमाडाै,२१ वैशाख । सन् २०२६ को अप्रिल महिनामा नेपालमा १ लाख ७ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा कुल १ लाख ७ हजार ९३४ पर्यटक नेपाल आएका हुन्।

तथ्यांकअनुसार सबैभन्दा बढी पर्यटक दक्षिण एसियाली राष्ट्रहरू (सार्क) बाट आएका छन्। सार्क मुलुकबाट मात्रै ३३ हजार ४३२ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ३१ प्रतिशत हो। त्यसपछि अन्य एसियाली मुलुकबाट २६ हजार ७२६, युरोपबाट २१ हजार ९८८ र ओसिनिया क्षेत्रबाट ५ हजार ८९८ पर्यटक नेपाल आएका छन्।

त्यस्तै अमेरिकाबाट २ हजार ५१८, पश्चिम एसियाबाट १ हजार ६९७, अफ्रिकी मुलुकबाट ३१५ तथा अन्य देशबाट १५ हजार ३६० पर्यटक नेपाल भ्रमणमा आएका बोर्डले जनाएको छ।

देशगत रूपमा भारत नेपालका लागि सबैभन्दा ठूलो पर्यटन स्रोत बजार बनेको छ। भारतबाट १५ हजार १९६ पर्यटक नेपाल आएका छन् भने चीनबाट ११ हजार ७२२ र बंगलादेशबाट ५ हजार २३१ पर्यटक भित्रिएका छन्।

नेपाल पर्यटन बोर्डका अनुसार पछिल्लो समय नेपालको पर्यटन बजार एकल निर्भरताबाट विस्तार हुँदै बहुस्रोत बजारतर्फ उन्मुख भइरहेको देखिन्छ।

यद्यपि, पश्चिम एसियामा बढ्दो द्वन्द्व, हवाई पहुँचमा समस्या तथा अन्तर्राष्ट्रिय प्रवर्द्धनमा आएको असरका कारण पर्यटक आगमनमा अपेक्षाअनुसार वृद्धि हुन नसकेको बोर्डले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय