सखुवा प्रसौनीमा डेंगु–मलेरिया नियन्त्रणबारे अभिमुखीकरण सम्पन्न

spot_img

वीरगञ्ज — पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर २ मा डेंगु, मलेरिया तथा अन्य कीटजन्य रोगसम्बन्धी सचेतना अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

वडाध्यक्ष चिरञ्जीवी महतो थारुको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्टको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा प्रशिक्षकका रूपमा सहभागी डा. निरज सिंहले डेंगु र मलेरियाका कारण, लक्षण तथा रोकथामका उपायबारे विस्तृत जानकारी दिएका थिए। उनले विशेषगरी सरसफाइमा ध्यान दिन, लामखुट्टे बस्ने स्थान नष्ट गर्न र समुदायस्तरमै जनचेतना फैलाउनुपर्नेमा जोड दिए।

गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित एकदिने कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत संजिव यादव, कार्यपालिका सदस्य, विभिन्न स्वास्थ्य चौकीका प्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख राजेश रौनियार तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

स्थानीय तहले यस्ता कार्यक्रममार्फत रोग नियन्त्रणका लागि समुदायलाई सक्रिय बनाउने प्रयासलाई निरन्तरता दिने जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय