spot_img

नक्कली सुकुम्बासीमाथि कारबाही गर्न हर्क साम्पाङको माग

spot_img
spot_img

काठमाडौं,२१ वैशाख । काठमाडौंको थापाथलीस्थित हटाइएको सुकुम्बासी बस्तीमा पुगेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नक्कली सुकुम्बासीको पहिचान गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

सोमबार बस्ती क्षेत्रको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले वास्तविक भूमिहीन नागरिकलाई नक्कली सुकुम्बासीका कारण अन्याय भएको बताए। सरकारी जग्गा ओगटेर भाडामा लगाउने प्रवृत्तिले वास्तविक पीडित समस्यामा परेको उनको भनाइ थियो।

साम्पाङले बस्ती हटाउनुअघि सरकारले वास्तविक सुकुम्बासीको पहिचान गर्नुपर्नेमा जोड दिँदै, अचानक डोजर चलाउँदा गरिब परिवार थप संकटमा परेको टिप्पणी गरे। उनले गरिब नागरिकलाई विस्थापित गर्नु समाधान नभएको उल्लेख गर्दै सुरक्षित र सम्मानजनक बसोबासको व्यवस्था गर्न सरकारलाई आग्रह गरे।

उनले आगामी दिनमा नागरिकको आवास अधिकारलाई ध्यानमा राखेर संवेदनशील र व्यवस्थित कदम चाल्न सरकारलाई सुझाव दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय