५० हजार घुस लिँदै पक्राउ परेका अदालतका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

spot_img

काठमाडौं,२१ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्ला अदालतका डिठ्ठा लवकुमार सिंहविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

जिल्ला अदालत गौरको तहसिल शाखामा कार्यरत सिंहले अदालतको फैसलाअनुसार जग्गा फुकुवा तथा नामसारी गरिदिने क्रममा सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको उजुरीपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।

अख्तियारको हेटौँडा कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट घुस रकम बुझिसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।

अनुसन्धानका क्रममा सिंहले कानुनी रूपमा हुनुपर्ने काममा अनावश्यक ढिलाइ र हैरानी सिर्जना गर्दै मोलमोलाइ गरी घुस लिएको पुष्टि भएको आयोगको दाबी छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुर पुष्टि भएको भन्दै आयोगले ५० हजार रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवाना र कैद सजायको मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय