spot_img

बीरगन्जमा खेलकुद परिषदका सदस्य सचिव गुप्ता सम्मानित

spot_img
spot_img

बीरगन्ज, २१ चैत्र । मधेश खेलकुद परिसदको सदस्य सचिव शिव गुप्तालाई बिहिबार बीरगन्जमा सम्मानित गरिएको छ । बीरगन्जकाे पानीटंकीस्थित च्वाईस खबर अनलाइन कार्यालयमा सम्मानित गरिएको हाे ।

गुप्तालाई नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष एवं बीरगन्ज ईन्चार्ज बिचारी यादव, नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा समिती संयोजक केसी लामिछाने, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा र माई टेलिभिजनका संचालक शैलेश कुशवाहाले खादा लगाएर सम्मान गरेका छन् ।

गुप्तालाई मधेश प्रदेशको मन्त्रि परिषदले चैत्र १९ गते बसेको बैठकमा चार बर्षे कार्यकालको लागि मधेश खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त गरेको हो।

नेकपा एमाले पर्साका लेखा समितीका संयोजक समेत रहेका गुप्त खेलकुद महासंघका केन्द्रिय सचिव र मधेश प्रदेशका ईन्चार्जको जिम्मेवारीमा रहेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय