spot_img

प्रधानमन्त्री ओलीले बिमस्टेक सम्मेलनमा आज सम्बोधन गर्ने

spot_img
spot_img

काठमाडौं,२२ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्डमा भइरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सम्बोधन गर्न लागेका छन्।

प्रधानमन्त्री ओली गत चैत १९ गते बैंकक पुगेका थिए, जहाँ उनले बिमस्टेक सम्मेलनमा भाग लिने तयारी गरेका थिए। थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावाट्सँगको निमन्त्रणामा गरिएको यस भ्रमणका क्रममा, प्रधानमन्त्री ओलीले नेपाल र थाइल्याण्ड बीच संस्कृति, पर्यटन, शिक्षा र ऊर्जा क्षेत्र लगायतका विभिन्न क्षेत्रमा सहकार्य थप विस्तार हुने आशा व्यक्त गरेका थिए।

नेपाल र थाइल्याण्ड बीच ६५ वर्ष पुरानो कूटनीतिक सम्बन्ध रहेको भएता पनि प्रधानमन्त्री ओलीको यो भ्रमण नेपालको तर्फबाट सरकार प्रमुखको पहिलो औपचारिक भ्रमण हो। भ्रमणको क्रममा, प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावाट्सको उपस्थितिमा ८ बुँदे समझदारी पत्रमा हस्ताक्षर पनि भएको थियो।

प्रधानमन्त्री ओलीको स्वदेश फर्कने मिति चैत २३ गते निर्धारित छ।

spot_img

ताजा अपडेट

लोकप्रिय