spot_img

भूमिसुधार कार्यालय जलेश्वरका सुब्बासहित ३ जना घुससहित पक्राउ

spot_img
spot_img

जनकपुर, २२ चैत्र । महोत्तरीको भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा दीपेन्द्र नारायण चौधरीसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको अभियोगमा पक्राउ गरेको छ।

बर्दिबासस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले कार्यालयका खरिदार मुन्नुकुमार दास र लेखापढी कानुन व्यवसायी जिवछ महतोलाई ३५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। उनीहरूले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको उजुरीका आधारमा अख्तियारले निगरानी बढाएको थियो।

अनुसन्धानका क्रममा नायब सुब्बा चौधरीको समेत संलग्नता रहेको खुलेको छ। अख्तियारका अनुसार उनले समेत मिलेमतो गर्दै सेवाग्राहीबाट पैसा असुल्ने काम गरेका थिए।

उनीहरुविरुद्ध एक महिनादेखि छ महिनासम्म कैद सजाय र ३५ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय