काठमाडौं,३० जेठ । जेनजी आन्दोलनका क्रममा फरार भएका थप एक जना कैदी पक्राउ परेका छन् ।
२०८२ फागुन २४ गते ललितपुरस्थित नख्खु कारागार भागेका डाँका चोरी मुद्दाका फरार कैदी दोलखा सैलुङ गाउँपालिका-८ का ४४ वर्षीय सुनिल श्रेष्ठ पक्राउ परेका हुन् ।
श्रेष्ठलाई प्रहरीले शुक्रबार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-९ मुढेबाट पक्राउ गरी पुन: नख्खु कारागार पठाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनी डाँका चोरी मुद्दामा ५ वर्ष कैद सजाय भुक्तान गर्दै गरेको अवस्थामा भागेका थिए ।




