काठमाडौँ, २२ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँले विरोध र्याली निकालेको छ । चैत १५ गते भएको तीनकुने घटना बारेमा निष्पक्ष न्यायिक छानबिन, बिना कारण पक्राउ परेका भन्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा धवलशमशेर राणालगायत सम्पूर्ण बन्दीहरू रिहाई, मृतकहरूलाई शहीद घोषणा, घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था लगायतको माग राखी राप्रपाले र्याली निकालेको हो ।


राप्रपाले सुन्धारादेखि शान्तिबाटिकासम्म र्यालीसहित प्रदर्शन गरेको हो ।
उक्त तीनकुने हिंसामा परी २ जनाको ज्यान गएको थियो भने सय भन्दा बढी घाइते भएका थिए । घाइते केहीलाई गोलीसमेत लागेको छ ।

सो क्रममा राप्रपासहितका राजावादीले आगजनी, लुटपाट र तोडफोडसमेत गरेका थिए ।