काठमाडौं,२२ चैत । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा जिल्ला अदालतले दिएको आदेश खारेजीको माग गर्दै रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीले उच्च अदालतमा दर्ता गरेको रिटमा सुनुवाइ सकिएको छ ।
जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए ।उक्त रिटमा शुक्रबार बहस सकिएको अदालतकी वैतानिक वकिल कपिला शर्माले जानकारी दिइन् ।
‘केहीबेरअघि बयान सकिएको छ । आदेशबारे प्रशासनमा काम हुँदैछ,’ उनले भनिन् ।अदालतका सूचना अधिकारी राम बहादुर कुँवरले बहस सकिएसँगै आदेश जारी हुने जानकारी गराए ।‘बहस सकिएको छ, अब आदेश जारी हुन्छ,’ उनले भने ।यसअघि बिहीबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो । सोही मुद्दामा जोशीलाई भने पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।छविले पनि धरौटीमा छाड्नुपर्ने भन्दै उच्चमा निवेदन दर्ता गराएका थिए ।

