spot_img

अमलेखगञ्जमा ११.६८ केजी चरेससहित एक जना पक्राउ

spot_img
spot_img

बारा,२३ चैत । जिल्ला बारा, जीतपुर सिमरा उपमहानगरपालिका–२१ स्थित इलाकामा प्रहरीले ११.६८ केजी लागू औषध चरेससहित एक जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) टेक बहादुर कार्कीको कमान्डमा खटिएको टोलीले हेटौडाबाट वीरगन्जतर्फ आइरहेको बा ४८ प ९३३ नम्बरको पल्सर मोटरसाइकललाई पछ्याउँदै रोकेर जाँच गरेको थियो।

जाँचको क्रममा मोटरसाइकलको सिटमुनी लुकाइछिपाई राखिएको चरेसजस्तो देखिने पदार्थको पोका फेला परेको प्रहरीले जनाएको छ।

उक्त पदार्थलाई नेपाल सरकारले मान्यता दिएको डिजिटल तराजुमा प्लास्टिकसहित तौल गर्दा कुल ११.६८ केजी भएको पुष्टि गरिएको छ।

यससँगै प्रहरीले लागू औषध चरेस, प्रयोग गरिएको मोटरसाइकल, र सो कार्यमा संलग्न रहेका जिल्ला मकवानपुर, थाहा नगरपालिका–६ ब्रर्जबारे निवासी ३८ वर्षीय दशरथ थिङलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ।

प्रहरीले लागू औषध विरुद्धको अभियानलाई अझ सशक्त बनाउँदै अघि बढाइरहेको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय