Date
बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025
Date
बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025

शिक्षकको जायज मागप्रति सरकार...

काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज...

सिंहदरबारमा अब बोतल र...

काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल...

अब जुत्ता, चप्पल र...

काठमाडौं,१० वैशाख । अब बजारमा पाइने जुत्ता, चप्पल तथा औषधी र मेडिकल सामग्रीमा...

काठमाडौं महानगरको राजस्व ७...

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
31.1 C
Birgunj
spot_imgspot_imgspot_img

बीरगन्जमा अवैध सुनचाँदीसहित दुई भारतीय नागरिक पक्राउ

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२५ चैत । बीरगन्ज महानगरपालिका–१६ स्थित भन्सार नजिकैको त्रिभुवन राजपथ सडकखण्डमा अवैध रुपमा सुनचाँदी ओसारपसार गर्दै गरेका दुई भारतीय नागरिक पक्राउ परेका छन्।

- Advertisement -

सशस्त्र प्रहरी हवल्दार गंग बहादुर विकको नेतृत्वमा खटिएको चेकपोइन्ट टोलीले भारततर्फ जाँदै गरेका सवारी साधन र यात्रुहरूको निगरानीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरू भारतको पश्चिम बङ्गाल राज्य, पश्चिम मेदिनीपुर जिल्लाको किशोरनगर निवासी करिब ३५ वर्षीय सौमेन गुचैत र जोतेकानुरामगढ निवासी करिब २५ वर्षीय अमित दास रहेका छन्।

- Advertisement -

सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार उनीहरू काठमाडौंका विभिन्न सुनचाँदी पसलहरूसँग मिलेर ग्राहकको अर्डरमा बनाइएको सुन गहना लिएर फरार भएको सूचनाका आधारमा निगरानी बढाइएको थियो।

पक्राउ परेकासँग बरामद गरिएका सामग्रीमा २ सेट सुनका झुम्का (करीब ८२ लाल), १ सेट रिङ (३० लाल), १ थान सिक्री लकेट (३० लाल), १ थान गणेश–लक्ष्मीको सुनको मूर्तिलगायत टुक्रा गरी २ तोला ६६ लाल बराबरको सुन र करीब २ तोला चाँदीको लक्ष्मी मूर्ति रहेको डिएसपी लोकेन्द्र सुब्बाले बताए।

उनीहरूलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि प्रहरी चौकी इनरुवामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। साथै, नेपाल–भारत सीमामा भइरहने अवैध कारोबार रोक्न थप निगरानी कडा बनाइएको पनि प्रहरीको भनाइ छ।

ताजा समाचार

spot_img

थप समाचार