Date
बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025
Date
बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025

शिक्षकको जायज मागप्रति सरकार...

काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज...

सिंहदरबारमा अब बोतल र...

काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल...

अब जुत्ता, चप्पल र...

काठमाडौं,१० वैशाख । अब बजारमा पाइने जुत्ता, चप्पल तथा औषधी र मेडिकल सामग्रीमा...

काठमाडौं महानगरको राजस्व ७...

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
31.1 C
Birgunj
spot_imgspot_imgspot_img

नारायणी अस्पतालको सिटिस्क्यान मर्मतमा ढिलाइ हुँदा सेवाग्राही मारमा

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,२५ चैत । पर्साको प्रमुख स्वास्थ्य संस्था नारायणी अस्पतालको सिटिस्क्यान मेसिन विगत तीन महिनादेखि बिग्रिएर प्रयोगविहीन अवस्थामा रहेको छ। मेसिनको मुख्य पार्टपुर्जा, ट्युबमा खराबी आएपछि मर्मत प्रक्रिया रोकिएको छ, जसका कारण बिरामीहरूलाई अत्यावश्यक स्वास्थ्य सेवा प्राप्त गर्न समस्यामा परेका छन्।

- Advertisement -

सरकारी अस्पतालमा सस्तो र सहज उपचारको आशामा आउने सेवाग्राहीहरू निराश भएर निजी अस्पतालमा महँगो शुल्क तिर्न बाध्य भएका छन्। एक सेवाग्राहीले भने, “हामी गरीब जनताको लागि सरकारी अस्पताल नै एक मात्र भरोसा हो। यहाँ सिटिस्क्यान मेसिन बिग्रिएको भन्दै फर्काइन्छ, निजी क्लिनिकमा गएर हजारौँ रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता छ।”

सिटिस्क्यान मेसिनको मर्मतमा ढिलाइका लागि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासलाई मुख्य जिम्मेवार मानिएको छ। स्रोतका अनुसार, डा. दासले निजी अस्पतालहरूलाई फाइदा पुर्‍याउन मेसिन मर्मत गर्नमा जानाजान ढिलाइ गरेका छन्। “बिरामीलाई जानीजानी महँगो निजी सेवा लिन बाध्य बनाइँदैछ,” स्रोतले भन्यो।

- Advertisement -

अस्पताल भित्रका एक चिकित्सकले नाम नखुलाउने सर्तमा डा. दासमाथि लागेको आरोपको पुष्टि गर्दै भने, “डा. दासले निजी अस्पतालहरूसँग कमिसनको लोभमा मेसिन मर्मतलाई प्राथमिकतामा राखेका छैनन्। यो एउटा सुनियोजित खेल हो, जसले सरकारी अस्पतालको विश्वसनीयता र गरिब जनताको स्वास्थ्यसँग खेलबाड गरिरहेको छ।”

नारायणी अस्पताल पर्सा जिल्लासहित बारा, रौतहट, सर्लाही र भारतीय सीमा क्षेत्रमा रहेका बिरामीहरूको प्रमुख उपचार केन्द्र हो। सिटिस्क्यान जस्तो महत्त्वपूर्ण सेवा अवरुद्ध हुँदा बिरामीहरूको स्वास्थ्य जोखिम बढ्नुका साथै आर्थिक बोझ पनि थपिएको छ।

डा. दाससँग प्रतिक्रिया लिन प्रयास गर्दा उनी सम्पर्कमा आउन सकेनन्। उनको मौनताले आरोपहरूलाई थप बल दिएको छ। अस्पताल प्रशासनले मेसिन मर्मतको प्रक्रिया कहिले सुरु हुनेछ वा यो समस्या कसरी समाधान हुनेछ भन्ने बारे कुनै स्पष्ट जानकारी दिएको छैन।

स्थानीय बासिन्दा र बिरामीहरूले सिटिस्क्यान मेसिन मर्मत गरी सेवा सुचारु गर्न तत्काल माग गरेका छन्। उनीहरूले ढिलाइको जबाफदेही अस्पताल प्रशासन र सम्बन्धित निकायले लिनुपर्ने बताएका छन् र यदि समस्या समाधान नगरे जनआन्दोलनको चेतावनीसमेत दिएका छन्।

ताजा समाचार

spot_img

थप समाचार