spot_img

पूर्वराष्ट्रपति वा उपराष्ट्रपतिको राजनीतिमा पुनः प्रवेश उपयुक्त होइन : अध्यक्ष माधव नेपाल

spot_img
spot_img

विराटनगर,२६ चैत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पूर्वराष्ट्रपति वा उपराष्ट्रपतिको सक्रिय राजनीतिमा पुनः प्रवेश गर्नु अनुचित हुने टिप्पणी गरेका छन्।

मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रपति वा उपराष्ट्रपतिको पदलाई राजनीतिक भूमिकाबाट अलग राखिनुपर्ने स्पष्ट पारे। “यी पदहरू सम्मानका प्रतीक हुन्, र सक्रिय राजनीति भन्दा बाहिरका हुनुपर्छ,” उनले भने।

उनले यदि पूर्व राष्ट्रपतिको हैसियतबाट फेरि राजनीति गर्ने हो भने राज्यले उपलब्ध गराउँदै आएको सुविधा कटौती गर्नुपर्ने धारणा व्यक्त गरे। “मैले पनि राष्ट्रपति बन्ने प्रस्ताव अस्वीकार गरेँ, किनभने त्यो पद राजनीतिक जीवनको समाप्तिको संकेत हो,” नेपालले जिकिर गरे।

भारतसँग जोडिएको पछिल्लो राजसंस्थाको बहसबारे बोल्दै अध्यक्ष नेपालले भारतको कुनै आधिकारिक संलग्नता नरहेको बताए। उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले समेत स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरे।

“हराएको राजतन्त्र फर्कन्छ? त्यसो भए राणा शासन पनि फर्किन्छ र?” भन्दै उनले विगतका व्यवस्था पुनःस्थापनाको सम्भावना नहुने प्रष्ट पारे।

संविधान कार्यान्वयनको एक दशक पुगेको सन्दर्भमा अध्यक्ष नेपालले अब आवश्यक संशोधनको चर्चा सुरु गर्न सकिने बताएका छन्। “संविधान सशक्त छ, तर समयानुसार परिमार्जन आवश्यक हुन्छ,” उनले भने।

spot_img

ताजा अपडेट

लोकप्रिय