बीरगन्ज, २६ चैत्र । बाराको सदरमुकाम कलैयाबाट एक जना सञ्चारकर्मीको मोटरसाइकल चोरी भएको छ । बीरगन्जबाट प्रकाशित हुँदै आएको भोजपुरी टाईम्स दैनिकका बाराका संवाददाता प्रभु यादवको मोटरसाइकल आज चोरी भएको हो ।
यादवका अनुसार, उनकाे ना ५४ प ९२७२ नम्बरकाे यामाहा सलुटो मोटरसाइकल कलैया उपमहानगरपालिका कार्यालयको शिक्षा, कृषि, र सामाजिक शाखा अगाडि पार्किङ गरि राखिएको थियो । चोरी मङ्गलवार साढे १२ बजे भएको हो ।
यादवले मोटरसाइकल चोरी भएको जानकारी बारा प्रहरीलाई गराएका छन् । मोटरसाइकल चोरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) विजयराज पण्डितले जानकारी दिए ।




