spot_img

बीरगन्जको ऐतिहासिक घण्टाघरको जापानी राजदूत तोरुसहितको टोलीद्वारा अनुगमन

spot_img
spot_img

बीरगन्ज, २७ चैत । नेपालका लागि जापानका राजदूत माएदा तोरुसहितको जापानी टोलीले आज बीरगन्जका धार्मिक एंव पर्यटकीयस्थलको भ्रमण गरेका छन् ।सिमरा विमानस्थलबाट सिधै बीरगन्जमा पुगेर उनले बीरगन्जका का ऐतिहासिक धार्मिक र पर्यटकीयस्थलको भ्रमण गरेका हुन् ।

दूतावासका प्रतिनिधिसहित राजदूत तोरुले बीरगन्जको चर्चित गहवामाई मन्दिरको दर्शन समेत गरेका छन् भने भने त्यसपछि घडीअर्वा पोखरी र मर्मतसम्भार भइरहेको घण्टाघरको समेत अवलोकन गरे ।त्यसपछि बीरगन्ज महानगरपालिकाको कार्यालयमा पुगेका राजदूत तोरुलाई मेयर राजेशमान सिंहले स्वागत गरेका थिए ।त्यसअवसरमा दुवैजनाबीच बीरगन्जका ऐतिहासिक धार्मिक एंव पर्यटकीयस्थलहरुको विकासमा हुनसक्ने सहयोगका बारे छलफल समेत भएको बताईएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राजदूत तोरु आफ्नो काम विशेषले बीरगन्ज आएका जानकारी दिए । “उहाँ बीरगन्ज महानगरपालिकासँग सम्बन्धित काम र बीरगन्जका विभिन्न धार्मिकस्थलको अवलोकन गरेको जानकारी पाएका छौँ”, उनले भने ।

बीरगन्जको घण्टाघर सन् १९७६ मा निर्माण गरिएको हो। तत्कालीन गण्डक अञ्चलाधीश लक्ष्मणबहादुर गुरुङको नेतृत्वमा स्थानीयको सक्रियतामा यो स्मारक निर्माण भएको थियो। घण्टाघर निर्माणमा जापानको योगानो सहरका विद्यालयका बालबालिकाले आर्थिक सहयोग संकलन गरी सेइको कम्पनीको घडी उपलब्ध गराएका थिए।

यसअघि घण्टाघर निर्माणस्थललाई पेट्रोल पम्प बनाउने योजना थियो। तर नगर पञ्चायतका उपप्रमुख गोपाल प्रसाद अधिकारी लगायतको विरोधपछि उक्त स्थानलाई ‘महेन्द्र पार्क’को रूपमा सुरक्षित गरिएको थियो। यही स्थानमा तीन वर्षपछि घण्टाघर निर्माण गरिएको थियो।

बीरगन्ज जेसीज र जापान जेसीजको सहकार्यमा निर्माण भएको घण्टाघर आजसम्म पनि सहरको प्रमुख पहिचानका रूपमा चिनिन्छ। सन् २०१३ देखि यसको संरक्षण नेपाल टेलिकम र बीरगन्ज उपमहानगरपालिकाको सहकार्यमा हुँदै आएको छ।

धेरै पुरानो भइसकेको र समयसापेक्ष मर्मत नहुँदा जीर्ण हुँदै गएको यो संरचनाको संरक्षणमा जापानी टोलीको चासोले सकारात्मक संकेत दिएको स्थानीयवासीहरूको भनाइ छ। घण्टाघरको ऐतिहासिक महत्त्व र सांस्कृतिक पहिचानलाई जोगाउन अब दिगो र सुदृढ रणनीतिका साथ काम गर्नुपर्ने आवश्यक देखिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय