spot_img

वार्ताको औचित्य नभएको अडानमा आज पनि शिक्षकहरू सडकमा

spot_img
spot_img

काठमाडौं, २७ चैत्र । विद्यालय शिक्षा ऐन जारीको माग गर्दै शिक्षकहरू पुनः सडकमा उत्रिएका छन्। नेपाल शिक्षक महासंघको अगुवाइमा आज काठमाडौंको माइतीघर–बबरमहल stretch मा प्रदर्शन गरिएको हो।

शिक्षकहरूले शिक्षा ऐन जारीबाहेक अन्य कुनै माग नराखेको स्पष्ट पार्दै, सरकारले बारम्बार वार्ताका लागि बोलाए पनि त्यसलाई अस्वीकार गर्दै आएका छन्। उनीहरूको भनाइमा, सरकार विगतमा भएका सहमति कार्यान्वयन नगर्ने परिपाटीमा रहेकाले अहिलेको वार्ता निरर्थक हुने ठानिएको हो।

नेपाल शिक्षक महासंघका अनुसार अब संसद्को बजेट अधिवेशन तत्कालन सुरु गर्नुपर्ने, विशेष अधिवेशन आह्वान गर्नुपर्ने वा अध्यादेशमार्फत विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने तीनमध्ये कुनै एक विकल्प रोजेर सरकारले अघि बढ्नुपर्छ। उनीहरूको आन्दोलनको एकमात्र उद्देश्य शिक्षा ऐनको शीघ्र कार्यान्वयन हो भन्नेमा जोड दिइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय