spot_img

प्रधानमन्त्री ओलीद्वारा पाणिनि सम्मेलनको लुम्बिनीमा उद्घाटन

spot_img
spot_img

लुम्बिनी,२७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेश स्थित अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित पाणिनि सम्मेलनको उद्घाटन गरेका छन्। दुई दिनसम्म चल्ने यो सम्मेलन संस्कृत भाषाका विद्वान्, धर्मगुरु, शोधकर्ता, नीति निर्माता लगायतको उपस्थितिमा सुरु भएको हो।

लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद्, पाणिनि गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाको संयुक्त आयोजनामा यो सम्मेलन भएको हो। सम्मेलनमा संस्कृत भाषाको महत्व, प्राचीन ज्ञान सभ्यता र पर्यटनको सम्भावना जस्ता विषयमा गहन छलफल हुने बताइएको छ।

विश्वको प्राचीन संस्कृत भाषाको व्याकरणको उत्पत्ति भएको ऐतिहासिक पुण्यभूमि पाणिनिलाई विश्वसामु परिचित गराउने उद्देश्यले ‘पाणिनि तपोभूमि सम्मेलन’ आयोजना गरिएको हो। सम्मेलन पाणिनि गाउँपालिका–१ र २ को सिमानामा अवस्थित तपोभूमिमा भइरहेको छ।

उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेताद्वय चन्द्र भण्डारी र पुष्पा भुसाल, प्रदेशका उद्योग तथा पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपाने लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको छ। यो सम्मेलनले संस्कृत भाषाको अध्ययन, अनुसन्धान र यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय