spot_img

काठमाडौँमा हिन्दु राष्ट्रको माग गर्दै शान्तिपूर्ण र्‍याली

spot_img
spot_img

काठमाडौँ, २८ चैत्र । बिहीबार – नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणाको माग गर्दै राजधानी काठमाडौँमा शान्तिपूर्ण र्‍याली आयोजना गरिएको छ।

‘सनातन हिन्दु राष्ट्रसहितको सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको लागि धार्मिक जनप्रदर्शन’ शीर्षकमा आयोजित उक्त र्‍यालीमा सम्पूर्ण ॐकार परिवारका धार्मिक संघसंस्थाहरूको सक्रिय सहभागिता थियो।

गौशालाबाट सुरु भई रत्नपार्कसम्म पुगेको र्‍यालीमा सहभागीहरूले धार्मिक सापेक्षता कायम राख्नुपर्ने, सनातन धर्मको संरक्षण गर्नुपर्ने र नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने मागहरू अघि सारेका थिए।

यस प्रदर्शनको माध्यमबाट सहभागीहरूले धार्मिक स्वतन्त्रता र परम्परागत मूल्य–मान्यताको सम्मान सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय