जनकपुर,३० चैत्र । जिल्लाभर सञ्चालित चेकजाँच अभियानको क्रममा रौतहट प्रहरीले विभिन्न स्थानबाट कागजपत्र नहुने ५ थान चोरीका मोटरसाइकल बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले चैत १५ गतेदेखि २९ गतेसम्म सञ्चालन गरेको विशेष निगरानी र गस्ती अभियानका क्रममा ती मोटरसाइकलहरू फेला पारेका हुन्। बरामद गरिएका मोटरसाइकलहरू विभिन्न ब्रान्डका छन् र चोरीको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो।
बरामद सवारीहरूको कूल मूल्य करिब ३ लाख ५० हजार रुपैयाँ बराबर रहेको छ। ती मोटरसाइकलहरू आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिए।
प्रहरीले यस्ता अवैध सवारीसाधन र चोरीका घटनालाई नियन्त्रणमा लिन अभियानलाई अझ कडाइका साथ निरन्तरता दिने जनाएको छ।

