गुगलले ल्यायो शक्तिशाली एआई चिप

spot_img

काठमाडौं, ३० चैत । गुगलले आफ्नो सातौं पुस्ताको अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप ‘आइरनउड’ सार्वजनिक गरेको छ। विशेष रूपमा एआई एप्लिकेसनको गति (स्पिड) बढाउन डिजाइन गरिएको यो चिप इन्टरफेस कम्प्युटिङका लागि तयार पारिएको हो।

गुगलको नयाँ चिपले प्रयोगकर्ताले च्याटबट जस्ता एआई टुल्समा प्रश्न सोध्दा आवश्यक हुने उच्चस्तरीय डेटा प्रोसेसिङलाई सहज बनाउनेछ। यो चिपले एआई टुल्सले तत्काल प्रतिक्रिया दिनसक्ने गरी छिटो गणना गर्न सक्छ, जसले एआईको प्रभावकारिता बढाउनेछ।

एनभिडियाको एआई चिप बजारमा एकछत्र प्रभावलाई चुनौती दिने उद्देश्यले गुगलले यो चिप सार्वजनिक गरेको हो। दशकौंदेखिको अनुसन्धान र अर्बौँ डलरको लगानीपछि आएको यो प्रयास गुगलको क्लाउड प्लेटफर्म तथा आन्तरिक एआई विकासमा समेत महत्त्वपूर्ण हुनेछ।

गुगलको टेन्सर प्रोसेसिङ युनिट (TPU) हालसम्म कम्पनीका इन्जिनियर तथा क्लाउड प्रयोगकर्तामाझ सीमित थियो। अब आइरनउड चिपले एउटै समय ठूलो एआई मोडेल प्रशिक्षित गर्नुका साथै इन्टरफेस प्रयोगलाई पनि तीव्र र सस्तो बनाउने क्षमता राख्दछ।

नयाँ चिपलाई एकैपटक ९,२१६ चिपहरूको समूहमा सञ्चालन गर्न मिल्ने गरी डिजाइन गरिएको छ। अघिल्लो संस्करणको तुलनामा यसमा धेरै मेमोरी थपिएको छ, जसले कम्प्युटेशनल क्षमता उल्लेखनीय रूपमा वृद्धि गर्नेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय