spot_img

वैशाख ११ गते युवा महोत्सवमा सहभागी हुन प्रधानमन्त्री ओलीको आग्रह

spot_img
spot_img

काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र दिवस (वैशाख ११) को अवसरमा आयोजना हुने युवा महोत्सवमा सहभागी हुन आम नागरिकलाई अपिल गरेका छन्।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको महाधिवेशनलाई बिहीबार सम्बोधन गर्दै ओलीले ०६३ सालको ऐतिहासिक आन्दोलन सम्झँदै भने, “त्यो दिन हामीले राजतन्त्रविरुद्ध विजयी हासिल गर्दै जनताको अधिकार जनताकै हातमा ल्याएका थियौं।” उनले सो दिनलाई महोत्सवका रूपमा मनाउन सबै युवालाई सक्रिय सहभागिता जनाउन आग्रह गरे।

प्रधानमन्त्री ओलीले राष्ट्रको विकास र समृद्धिको मार्गमा नेकपा एमाले दृढतापूर्वक अघि बढिरहेको दाबी गर्दै पार्टीको नीति, दृष्टिकोण र कार्ययोजना सबैमा स्पष्टता रहेको बताए।

ओलीले द्वन्द्वकालका अमानवीय र जघन्य अपराधहरूमा माफी दिन नसकिने स्पष्ट गर्दै भने, “सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट पीडितले न्याय पाउनेछन्।”

उनले वर्तमान सरकारको प्राथमिकता सामाजिक न्याय, लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकता भएको उल्लेख गर्दै, “संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रतिस्पर्धाको अवसर सबैलाई छ, तर प्रतिक्रियावादी तत्वहरूको उक्साहटमा हामीलाई विस्थापित गरिएको थियो,” भन्ने धारणा राखे।

विविधतायुक्त नेपाली समाजमा सामाजिक सद्भाव र राष्ट्रिय एकता आवश्यक रहेको बताउँदै ओलीले भूतपूर्व सैनिक तथा प्रहरी संगठनलाई देश र पार्टीप्रतिको विश्वासलाई थप मजबुत बनाउनेतर्फ जोड दिए।

spot_img

ताजा अपडेट

लोकप्रिय