spot_img

छपकैयाबाट २१ लाख बढीको अवैध सामान बरामद

spot_img
spot_img

बीरगन्ज, ५ वैशाख । सशस्त्र प्रहरीले वीरगन्ज–२ छपकैयाबाट २१ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ।

शनिबार सशस्त्र प्रहरीले छपकैयास्थित एक घरमा भण्डारण गरेर राखिएको जुत्ता, चप्पल, काजु, मरिच र औषधी बरामद गरेको हो। सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्रबहादुर सिंहका अनुसार ती सामानहरूको कुल मूल्य २१ लाख १६ हजार १ सय रुपैयाँ बराबरको छ।

बरामद सामानहरूलाई आवश्यक कानुनी प्रक्रियाका लागि बिहीबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सिंहले जानकारी दिए।

spot_img

ताजा अपडेट

लोकप्रिय