Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

बारा प्रहरीले अपराधी पहिचानमा अपनायो दोहोरो मापदण्ड, स्थानीयको आक्रोश

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ५ वैशाख । जिल्ला प्रहरी कार्यालय बाराले अपराध र अपराधीसँग सम्बन्धित सूचनाको सार्वजनिककरणमा दोहोरो मापदण्ड अपनाएको भन्दै स्थानीय बासिन्दा आक्रोशित बनेका छन्।

- Advertisement -

स्थानीयहरूको आरोप छ कि सामान्य अपराधमा संलग्न सर्वसाधारणको तस्बिर, नाम र ठेगाना सार्वजनिक गर्ने प्रहरीले पहुँचवाला र प्रभावशाली व्यक्तिहरूको विवरण भने गोप्य राख्ने गरेको छ।

गत फागुन २८ गते नवजन्म पुनःस्थापना केन्द्रमा प्रदीपप्रसाद मण्डलको मृत्युपछि पक्राउ परेका प्रमुख अभियुक्तमध्ये एक साहेबबाबु मन्सुरको विवरण सार्वजनिक नगर्नु र वैशाख ४ गते व्यवसायीसँग रकम असुली प्रयास गरेको अभियोगमा पक्राउ परेका विष्णु सर्राफको तस्बिर नछापिनु— प्रहरीको निष्पक्षतामाथि प्रश्न उठाउने उदाहरण हुन्।

- Advertisement -

तर, यस्तै प्रकृतिका मामिलामा संलग्न सर्वसाधारणको विवरण भने प्रहरीले नियमित रूपमा सार्वजनिक गर्दै आएको छ।

स्थानीय बासिन्दाले आरोप लगाएका छन्, “बारा प्रहरी सामान्य नागरिकप्रति कठोर र पहुँचवालाप्रति नरम देखिन्छ।” यसरी दोहोरो मापदण्ड अपनाउँदा प्रहरीप्रति जनविश्वास घटेको र पारदर्शिता संकटमा परेको स्थानीयको भनाइ छ।

जवाफ मागिँदै गर्दा जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितको फोनसमेत नउठेको जनाइएको छ। स्थानीयले सबैलाई समान व्यवहार गर्न र प्रहरीको निष्पक्षता पुनःस्थापित गर्न तत्काल कदम चाल्न माग गरेका छन्।

ताजा समाचार

spot_img

थप समाचार