spot_img

सोनवर्षामा नयाँ स्वास्थ्य चौकी भवनकाे अजय सर्राफद्धारा उद्घाटन

spot_img
spot_img

बीरगन्ज, ५ वैशाख । पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ३, सोनवर्षामा निर्माण गरिएको नयाँ स्वास्थ्य चौकीको भवन शुक्रबार उद्घाटन गरिएको छ। भवनको उद्घाटन जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफले गरेका हुन्।

उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश चौधरी, उपाध्यक्ष ममता महत्तो, प्रमुख प्रशासकीय अधिकृत प्राण मेहत, वडा अध्यक्ष माधवप्रसाद राय थारु, र अन्य स्थानीय पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति थियो।

गाउँपालिका उपाध्यक्ष महत्तोका अनुसार करीब ८० लाख रुपैयाँको लागतमा दुई तल्ले सुविधासम्पन्न भवन निर्माण गरिएको हो। जसमा ६ वटा कोठा, ओपीडी, लेबर रुम, र शौचालयसहितको व्यवस्था गरिएको छ। लागतमा जिल्ला समन्वय समितिको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत योगदान रहेको छ।

संघीय संरचना लागू भइसकेपछि वडा नं. ३ मा स्वास्थ्य चौकी नहुँदा सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता रहेको बताउँदै अध्यक्ष चौधरीले अब स्थानीयवासीले आफ्नै वडामै स्वास्थ्य सेवा पाउने बताए। छिट्टै प्रसूति सेवा पनि सञ्चालन गरिने तयारीमा रहेको जानकारी उनले दिए।

कार्यक्रममा वडा नं. २ का अध्यक्ष विजय गैरे, स्वास्थ्य शाखा प्रमुख भोजेन्द्र यादव, स्वास्थ्य चौकी इन्चार्ज दिपनारायण चौधरी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय अगुवाहरूको पनि सहभागिता थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय