मिटर ब्याज पीडितको मुद्दा जस्ता जनसरोकारका एजेन्डा पार्टीले प्राथमिकतामा राखेको प्रचण्डकाे भनाई

spot_img

कपिलवस्तु, ५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले कपिलवस्तुको तौलिहवामा भव्य पार्टी प्रवेश तथा राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिको रूपमा सहभागी भए।

कार्यक्रममा अध्यक्ष प्रचण्डले सयौं नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत गर्दै माओवादी केन्द्रको विचारधारा, नीति तथा देशको समसामयिक राजनीतिक अवस्थाबारे प्रशिक्षण दिए। उनले तराई–मधेसका जनताको पीडा पहिचान गरी माओवादी केन्द्रले सरकारमा रहँदा उठाएका विषयहरू स्मरण गराए।

प्रचण्डले हुलाकी राजमार्ग अभियान, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान र मिटर ब्याज पीडितको मुद्दा जस्ता जनसरोकारका एजेन्डा पार्टीले प्राथमिकतामा राखेको बताए। “वर्षौंदेखि पछाडि पारिएका नागरिकका भावना र समस्यालाई बुझेर माओवादी केन्द्रले काम गर्दै आएको छ,” प्रचण्डले भने, “अब तपाईंहरूको साथमा माओवादीले समृद्ध तराई निर्माण गर्नेछ।”

कार्यक्रममा जिल्लाका नेताहरू, कार्यकर्ताहरू र स्थानीय जनसमुदायको उल्लेख्य उपस्थिति थियो। माओवादी केन्द्रले यो कार्यक्रमलाई संगठन विस्तार र जनसंपर्क सुदृढीकरणको रूपमा लिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय